
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाण्डु : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीमा बन्ने जालपादेवी केबलकारको शिलान्यास गरेकी छिन् ।
राणाले शनिबार कैलालीको चिसापानीमा केबलकारको शिलान्यास गरेकी हुन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीदेखि कैलालीकै मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म जोड्न ३।१ किमी दुरीको केबलकार निर्माण गर्न लागिएको हो।
आइएमई ग्रुपले बनाउने यो केबलकारमा ३४ वटा गोन्डोला हुनेछ। करिब ५ अर्ब रुपैयाँको लगानीमा यो केबलकार निर्माण गर्न लागिएको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij