Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपाल भारत सीमा सुरक्षा बैठक बस्दै

नेपाल भारत सीमा सुरक्षा बैठक बस्दै

  • सिराहा : नेपालको सशस्त्र प्रहरी एपीएफ र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच नियमित हुने सीमा सुरक्षा सम्बन्धी बैठक आज बर्दिबासमा बस्ने भएको छ ।

    images
    images
    images

    नियमित सीमा सुरक्षा सम्बन्धी डीआइजी स्तरको बैठक बस्न लागेको हो । बैठकमा भारततर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरीसहित जिल्लाका प्रमुखहरूको बैठक हुने डिआइजी कालीदास धौवजीले जानकारी दिए । उनले ६र६ महिनामा नियमित काउन्टर पास बैठक बस्न लागेको बताए ।

    दुवै तिर आलो पालो बस्ने सहमति अनुसार यो पटक बर्दिबासमा बस्न लागेको जनाए ।  सीमा आर–पार हुने विभिन्न आपराधिक घटनाहरूमा मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  खुल्ला सिमानाका कारण अवैध रूपमा हुने तस्करी नियन्त्रणको विषयमा छलफल हुने जनाएको छ । 

    गत मङ्सिर १६ गते सिराहाको बडियारपट्टी गाउँ पालिका १ कचनारी छोट्की टोलमा सशस्त्र प्रहरीका सई लक्ष्मण यादवको हत्या भएको थियो । त्यसैगरी, २०७९ भदौ १३ गते राति मदिरा तस्कर समूहले नेपाल बाट भारततर्फ मदिरा तस्करी गरेको अवस्थामा स्कोरपीयो रोक्न खोज्दा भारतको मधिुवनी लदनीया चौकी अन्तर्गत हेड कन्ष्टेवल देवराज शर्माको मृत्यु भएको थियो । यस्ता घटनाले सीमा सुरक्षामा चुनौती थपिएकाले मदिरा तस्करीका विषयमा संवेदनशील रूपमा छलफल हुने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij