Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

गुणस्तरहीन मासु बरामद

गुणस्तरहीन मासु बरामद

  • काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित कान्तिपुर मिट हाउसमा गुणस्तरहीन मासु र म्याद नागेको ससेज फेला परेको छ ।

    कृषि तथा पशुपक्षी विभाग र वडाका जनप्रतिनिधिहरूसहितको अनुगमन टोलीले फ्रीजरमा भण्डारण गरिएका १४ प्याकेट म्याद नागेका ससेज र करिब ६० केजी गुणस्तरहीन मासु बरामद गरी नष्ट गरेको हो ।

    अनुगमन टोलीमा कृषि तथा पशुपक्षी विभागका खाद्य प्रविधि अनिल बस्नेत र अशोक पराजुली तथा वडा नं। ११ का वडा सदस्य दीपेश राउत सहभागी थिए । टोलीले गुणस्तरहीन मासु फेला परेपछि पसल सञ्चालकलाई खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने स्पष्ट निर्देशन दिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij