Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सौराहामा हात्ती तथा पर्यटन महोत्सव सुरू हुँदै

सौराहामा हात्ती तथा पर्यटन महोत्सव सुरू हुँदै

  • सौराहामा विहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू हुँदैछ। १८ औं संस्करणको महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरिँदैछ। उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गर्नेछन्। क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि गरेर महोत्सव गर्दै आएको छ।

    onlinepatrika
    Arghakhachi


    पुस १६ गतेसम्म हुने महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी, हात्तीको म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावनाको विषयमा अन्तक्रिया हुने संयोजक रामकुमार अर्यालले बताए। सरकारी र निजी गरी ८० वटा हात्तीलाई महोत्सवमा सहभागी गराइनेछ। हात्तीलाई मर्का पर्ने गरी महोत्सवमा सहभागी गराउन खोजिएको भन्दै पशु अधिकारका लागि सक्रिय संस्था तथा व्यक्तिहरूले विरोध गर्दै आएका छन्।

    AGNI GROUP


    यसपालिको महोत्सवमा हात्ती पोलो पनि आयोजना गरिने भनिएकोमा विरोधपछि आयोजकले हात्ती पोलोको कार्यक्रम स्थगित गरेका छन्। सौराहाका निजी हात्तीलाई जंगल सवारीका लागि एकीकृत गर्दै आएको संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आगामी दिनमा गरिने कुनै पनि मेला महोत्सवमा हात्ती पोलो खेल समावेश नगर्ने प्रतिबद्धता जनाएको छ।


    यसपालिको महोत्सव पनि पशु अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्था तथा पशुअधिकारकर्मीले परवेक्षण गर्ने गरी सञ्चालन गर्ने सहमति भएको सहकारी संस्थाका अध्यक्ष दीपक खतिवडाले बताए। महोत्सव सुरू हुनुपूर्व सौराहामा शोभायात्रा निकालिँदै छ। महोत्सवमार्फत सौराहामा पर्यटकको उपस्थिति बढ्ने भएकाले अर्थतन्त्रमा पनि सहयोग पुग्ने थपलिया बताउँछन्।

    महोत्सवको अवसर पारेर व्यवसायीहरुले १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरेको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij