Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हाइटीमा गोली चल्यो, दुई पत्रकार र एक प्रहरी मारिए

हाइटीमा गोली चल्यो, दुई पत्रकार र एक प्रहरी मारिए

  • हाइटीको एक अस्पतालको उद्घाटन समारोहमा आक्रमण हुँदा दुई जना पत्रकार र एक प्रहरी मारिएका छन्। मंगलबार पोर्ट अउ प्रिन्सको सबैभन्दा ठूलो सामुदायिक अस्पतालको उद्घाटन समारोह भइरहँदा ग्याङले आक्रमण गर्दा दुई पत्रकार र एक प्रहरी मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस ९एपी० ले जनाएको छ। त्यहाँको ग्याङले अस्पताललाई जबरजस्ती बन्द गर्दै आएको थियो।

    onlinepatrika
    Arghakhachi

    प्रशासनले क्रिशमसको अघिल्लो दिन उद्घाटन गर्ने भनेर पत्रकारहरूलाई पनि बोलाइएको थियो। त्यसैबीच ग्याङका सदस्यहरूले त्यहाँ गोली चलाएका हुन्। हाइटीको पत्रकार संघले दुई पत्रकार, एक प्रहरी मारिएको र सात जना पत्रकार घाइते भएको बताएको छ।  अनलाइन मिडिया कलेक्टिभका प्रवक्ता रोबेस्ट डिमान्चेका अनुसार ज्यान गुमाउने पत्रकारहरू मार्केन्जफ नाथाउक्स र जिमी जिन छन्।

    AGNI GROUP

    अन्य पत्रकारहरू पनि त्यस आक्रमणमा परी घाइते भएका हुन्। उनले उक्त आक्रमण ग्याङहरूको समूह भिभ अन्सान्मले गरेको बताए। उक्त ग्याङका शक्तिशाली नेताले जोनसन इजो आन्ड्रेले सामाजिक सञ्जालमा भिडिओ राख्दै जिम्मा लिएका थिए। भिडिओमा उनले अस्पताल खोल्न आफूहरूले अनुमति प्रदान नगरिएको उल्लेख गरेका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij