
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको हो ।
सोमबार तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij