
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य १२ सयले घटेको हो ।
शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला २० घटेको छ । शुक्रबार प्रतितोला रू एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij