Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

त्रिविमा ८ डीन र तीन निर्देशक नियुक्त

त्रिविमा ८ डीन र तीन निर्देशक नियुक्त

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र तीन निर्देशक नियुक्त भएका छन् ।

    images
    images
    images

    आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो । नियुक्त भएका डीनमा शिक्षाशास्त्र संकायतर्फ प्रा.डा.बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा.मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा.डा.दुबिनन्द ढकाल रहेका छन् ।

    यस्तै, व्यवस्थापन संकायमा प्रा.डा.महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।

    त्यसैगरी परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा.सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा.मीना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा.लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

    यसअघि त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ७ पुसभित्र सबै नियुक्ति गर्न निर्देशन दिएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij