Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

काठमाडौंका यी स्थानमा पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा पुस ५ सम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

    images
    images
    images

    प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्न लागिएको जनाएको छ ।

    प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न स्थानमा छुट्टाछुट्टै फिडरहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने भएकाले तीन फिडरअन्तर्गत क्षेत्रहरुमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

    बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । बिहीबार मच्छेगाउँ फिडरअन्तर्गतका भत्केपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

    प्राधिकरणका अनुसार शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

    पुस १ गते कीर्तिपुरकै रोपवे फिडरअन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ भने पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मैत्रीनगर इशानेश्वर मन्दिर क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

    यसैगरी, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमूलको दोभान पुल क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    मौसम प्रतिकूल रहे सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij