Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

दिल्लीका ४० विद्यालयमा इमेलमार्फत बमको धम्की, ३० हजार अमेरिकी डलर माग

दिल्लीका ४० विद्यालयमा इमेलमार्फत बमको धम्की, ३० हजार अमेरिकी डलर माग

  • काठमाडौं । भारतको दिल्ली राज्यका ४० विद्यालयमा इमेलमार्फत बमको धम्की आएको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टकाअनुसार यसमा मदर मेरी स्कूल, ब्रिटिश स्कूल, सलवान पब्लिक स्कूल, क्याम्ब्रिज स्कूल समावेश छ। धम्कीसँगै सावधानीका साथ सबै विद्यालयका बालबालिकालाई घर फर्काइएको छ ।

    दिल्ली पुलिसले भन्यो, ”बमको धम्कीबारे जानकारी डीपीएस आरके पुरमबाट बिहान ७:०६ बजे प्राप्त भएको थियो । त्यसपछि प्रहरी, डग स्क्वाड, सर्चिङ स्क्वाड र दमकलको टोली विद्यालयमा पठाइएको थियो । तर, खोजी गर्दा शंकास्पद केही नभेटिएको प्रहरीले जनाएको छ ।

    इमेलमार्फत धम्की दिइएको हो । मेल पठाउनेले बम विष्फोट नगरेको बदलामा ३० हजार अमेरिकी डलर मागेका छन् ।

    दिल्लीका विद्यालयमा बमको धम्की आएको यो पहिलो पटक भने होइन । यसअघि मे २०२४ मा पनि १५० भन्दा बढी विद्यालयमा बम विस्फोटको धम्कीसँग सम्बन्धित इमेलहरू प्राप्त भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij