Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सेयर बजारमा १२ अंकको गिरावट

सेयर बजारमा १२ अंकको गिरावट

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ८४ अंकले घटेर २६७६ दशमलव १५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार ३१७ कम्पनीका ६२ हजार ७५८ पटकको कारोबारमा १ करोड १५ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँ रहेको छ ।

    ९२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij