
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपालका चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । बुहारी भगवती राणका अनुसार काठमाडौंको मेडिसिटी अस्पतालमा राणाको निधन भएको हो ।
कुनै देखिने समस्या नभएता पनि प्रेसर लो भएर अस्पताल भर्ना भएको उनको निधन भएको बताइएको छ । यहि चैतमा राणा सय वर्ष पुग्दै थिए ।
राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । त्यसका केही उदाहणहरुमा श्री ३ हरुको तथय वृत्तान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु आदि पर्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij