Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

उद्‍घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हरायो

उद्‍घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हरायो

  • काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले विजयी सुरूआत गरेको छ ।

    images
    images
    images

    कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुरूआत गरेको हो । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन र लाहिरु मिलान्थाको सानदार अर्धशतकमा विराटनगरविरुद्ध जनकपुरले सहज जित निकाल्यो ।    

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । 

    जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोडेका छन् । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए । 

    बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एक/एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । 

    अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij