Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहा हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । सुरेन्द्र नेपाली सेनाका भगौडा रहेको डीएसपी प्रकाश सापकोटाले बताए ।
क्याम्पस प्रमुखको हत्यामा सुरेन्द्रले १७ जनालाई प्रयोग गरेको प्रहरीको भनाइ छ । गत जेठ ३२ गते साँझ कलैया बजार आउने क्रममा हरिभुषणलाई गोली हानिएको थियो ।
तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेदकुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रह्मदेव राम, मोतीलाल चौधरीमध्ये राधेश र विनोद धरौटीमा छुटेको बाँकी पुर्पक्षको लागि थुनामा गइसकेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij