
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई)का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामावादतर्फ मार्च सुरु गरेका छन् ।
पीटीआईका कार्यकर्ताहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावादतर्फ लागेका छन् । प्रधानमन्त्री निवास, संसद् र सर्वोच्च अदालतबाहेक धेरै महत्त्वपूर्ण सरकारी कार्यालयहरू डी चोक नजिकै छन् ।
इस्लामावादको ‘डी चोक’मा भारी सुरक्षा बल तैनाथ गरिएको छ । इस्लामावाद प्रहरीले डी चोकमा चार प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।
पीटीआईले इमरानलाई रिहा गर्न माग गर्दै आएको छ । विरोध र्यालीमा इमरान खानकी पत्नी बुशरा बीबी पनि सहभागी छन् ।
इस्लामावाद प्रहरीले प्रदर्शनकारीले ढुंगामुढा गरेको बताएको छ । पीटीआई कार्यकर्ताहरुले प्रहरीले अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको दाबी गरेका छन् ।
इस्लामावाद प्रहरीले ढुंगा प्रहारमा १४ जना अधिकारी पनि घाइते भएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij