
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बुधवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलवार एक हजार एक सय रुपैयाँले बढेको सुनको मूल्य बुधवार पनि नौ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij