
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाले कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीका छात्रवृत्ति फाराम भर्न भराउन अनुरोध गरेको छ ।
सबै स्थानीय तहसहितलाई कात्तिक २९ गते पत्र पठाउँदै केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्न भराउन अनुरोध गरेको हो ।
विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ उपदफा १ (क) अनुसार सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीका लागि आ.व. २०८१/२०८२ मा छात्रवृत्ति वितरण गर्ने प्रयोजनार्थ फाराम भर्न भराउन केन्द्रले अनुरोध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij