Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

नेपालका दुई वैज्ञानिकलाई ट्वासको अवार्ड

नेपालका दुई वैज्ञानिकलाई ट्वासको अवार्ड

  • काठमाडौं । वर्ल्ड एकेडेमी अफ साइन्सेस(ट्वास)ले नेपालका दुई जना वैज्ञानिकलाई पुरस्कृत गरेको छ । ट्वासको बिहीबार भएको भर्चुअल महासभामा नेपाल विज्ञान तथा प्रविधिक प्रज्ञा प्रतिष्ठान (नास्ट) की वरिष्ठ वैज्ञानक टिष्टा प्रसाईं जोशी र त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका सह-प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको हो ।

    images
    images
    images

    जोशीलाई ‘समिरा ओमर इन्नोभेसन फर सस्टेनबिलिटि’ अवार्ड दिइएको हो । पुरस्कारको राशी ४ हजार अमेरिकी डलर रहेको छ । दाहाललाई ‘अट्टा उर रहमान अवार्ड’ दिइएको छ । पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको छ । ट्वासले जोशी र दाहालसहति २५ जना वैज्ञानिकलाई अवार्ड दिएको हो ।

    नेपालको भूमिगत पानी रहेको आर्सनिकको समस्या समाधान गरी खानेपानीको गुणस्तरमा भूमिका नेतृत्वदायी भूमिकाका लागि प्रसाईंलाई पुरस्कार प्रदान गरिएको ट्वासले जनाएको छ । सह प्राध्यापक दाहाललाई कार्बन क्वान्टम डट र त्यसको संरचनासहित कार्बन नानोमेटेरिएल्सको सिन्थेरिसमा योगदान गरेको भन्दै पुरस्कार प्रदान गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij