
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । आज महात्मा गान्धीको १५५औं जयन्ती विभिन्न कार्यक्रम गरेर जयन्ती मनाइँदैछ ।
नेपालस्थित भारतीय दूतावासले पनि गान्धी जयन्ती मनाएको छ । बुधबार बिहान आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गान्धीको प्रतिमामा पुष्पहार अर्पण गरेका छन् ।
कार्यक्रममा नेपाल चरखा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा राजदूतले दूतावासका सरसफाई कर्मचारीहरुलाई सम्मान गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij