Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता खुला !

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता खुला !

  • काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ ।

    images
    images
    images

    आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो ।

    images

    आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ ।

    आयोगले असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली  प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गते मतदान गर्ने लगायतको निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij