
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । जिल्ला अनुगमन समिति ललितपुरका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको संयोजकत्वमा बजार अनुगमन भएको छ । चाडपर्व लक्षित बजारअनुगमनका क्रममा ललितपुर मानभवनस्थित मेगा मार्ट प्रा.लिलाई सचेत गराईको थियो । जावलाखेलस्थित रोयल एलिनाज क्याफे र जोइन्ट वार एण्ड ग्रिललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ र ३९ बमोजिम कसुर गरेकाले जनही रु. २०,०००/– र रु. १०,०००/– जरिवाना गराइएको प्रशासकिय अधिकृत प्रदिप राईले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij