Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दुई महिनामा २ खर्ब ३७ अर्ब मुलुकको व्यापार घाटा

दुई महिनामा २ खर्ब ३७ अर्ब मुलुकको व्यापार घाटा

  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा मुलुकको निर्यात व्यापारमा गिरावट आएको छ भने आयातमा पनि खासै प्रगति भएको देखिँदैन ।

    images
    images
    images

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको भदौसम्म निर्यात व्यापार ५ दशमलव १२ प्रतिशतले गिरावट आएको छ । भने, आयात १ दशमलव ०८ प्रतिशतले मात्रै बढेको छ । दुई महिनामा मुलुकको व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

    चालु आर्थिक वर्षको साउन र भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात भएको छ भने २५ अर्ब नौ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ । जसमा साउनमा एक खर्ब २८ अर्ब र भदौमा एक खर्ब ३४ अर्ब रुपैयाँको आयात भएको थियो ।

    त्यस्तै, भदौमा दशैं तिहारका लागि सामान आयात हुने महिना भए पनि आयात १ दशमलव ०८ प्रतिशतले मात्र सुधार आएको छ । वस्तु निर्यात निरन्तर बढ्दै जानुपर्नेमा घट्दै गएको छ ।

    भन्सार विभागका अनुसार निर्यात घटेर २५ अर्ब नौ करोड रुपैयाँमा खुम्चिएको छ । गत वर्ष भदौसम्म २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    चालु आवको भदौसम्म कुल वैदेशिक व्यापार दुई खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । पोहोर सोही अवधिमा कुल वैदेशिक व्यापार दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ थियो ।

    गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले १४ खर्ब ४० अर्बको व्यापार घाटा व्यहोरेको थियो । जसमा निर्यात ३ दशमलव ०३ प्रतिशतले घटेको थियो भने आयात १ दशमलव १६ प्रतिशतले घटेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij