
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सेयर बजारमा कारोबार भइरहेको न्यादी हाइड्रोपावर कम्पनीको संस्थापक तथा स्थानीय बासिन्दालाई लागेको लकिङ अवधि सकिन लागेको छ ।
कम्पनीले नेप्सेमा दिएको जानकारी अनुसार आगामी कात्तिक चार गते यस्तो लकिङ अवधि सकिन लागेको हो । यो लकिङ अवधि सकिएसँगै बजारमा एक करोड २७ लाख ९५ हजार कित्ता सेयर कारोबारमा आउन बाटो खुलेको हो ।
कम्पनीहरूले स्थानीयमा जारी गरेको सेयर सहित संस्थापक सेयरलाई तीन वर्षको लकिङ अवधि तोकिएको हुन्छ । यो अवधि अघि यस्तो सेयर कारोबारमा आउन पाउँदैन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij