
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । असोज ३ गते बिहीबार देशभर संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा खुसीयाली मनाइरहदाँ राजधानी काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म भने ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ ।
सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै संयोजक सुनारले करिव ४५ दिनदेखि माइतीघर मण्डलामा नेल लगाएर प्रदर्शन गरिरहेकोमा संविधान दिवसका अवसरमा माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।
पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटकोको व्यवस्था नगरेको भन्दै युवाले विभिन्न प्ले–कार्डसहित र्याली निकालेर ‘दलितलाई खै’ भन्दै प्रर्दन गरेका हुन् ।
माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिसकेपछि नयाँ बानेश्वरमा उक्त प्रदर्शन कोणसभामा परिणत भएको थियो । कोणसभालाई संयोजक सुनारले सम्बोधन गरेका थिए भने कलाकार हेमन्तकान्छा रसाईली, आयुस परियार लगायतले जातिय विभेद विरुद्धका गित प्रस्ततुत गरेका थिए ।
प्रदर्शनमा अन्तरजातिय प्रेम गरेकै कारण मारिएका रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकका आमा बुवा, अन्तरजातीय विवाह गरेकै कारण मारिएका काभ्रेपलाञ्चोकका अजित मिजारका आमा बुवा पनि सहभागि भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij