
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij