Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

  • काठमाडौं । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । 

    भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो।

    अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

    एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ ।  सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij