Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

सहकारी ठगेरै खोलिएको कम्पनी रहेछ गोरखा मिडिया त : महामन्त्री

सहकारी ठगेरै खोलिएको कम्पनी रहेछ गोरखा मिडिया त : महामन्त्री

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गोरखा मिडिया प्रालि नामको कम्पनी सहकारी ठगेरै खोलिएको बताएका छन् ।

    images
    images
    images

    बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    “गोरखा मिडिया प्रालि त कस्तो कम्पनी रहेछ भने एक पैसा पनि आफ्नो गोजीबाट नहालिएको, खोल्दा पनि सहकारी ठगेरै खोलिएको कम्पनी रहेछ,” गगनले भने 

    उनले गोरखा मिडियामा सोचिएको भन्दा बढी ठगी भएको सहकारी विशेष संसदीय समितिको प्रतिवेदनले देखाएको बताए ।

    “तर, के भनिएको छ भने ड्यामड्याम चेक काटेर दिइएको छ तर, मेरोचाहिँ दोष छैन भनिएको छ, मिल्छ ?,” उनले भने ।

    images

    उनले कम्पनी भन्नु नै सञ्चालक र एमडी भएको बताए । “कम्पनी भन्नु त अमूर्त कुरा हो तर, कम्पनी भन्नु नै एमडी हो, सञ्चालक हो,” उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij