Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २५७६ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३२० कम्पनीका ८ हजार ३ सय ७८ पटकको कारोबारमा १ करोड ४० लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ रहेको छ ।

    त्यस्तै, ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको मूल्य घटेको छ । १३ उपसमूहमध्ये बैंकिङ सब इन्डेक्स र निर्जीवन बीमा कम्पनी बढ्दा बाँकी ११ वटा राताम्मे छन् । आज कालिका लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् भने सीइडीबी हाइड्रोपावरमा लगानीकर्ताहरू झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij