
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । एक समय अभिनेत्री करिश्मा मानन्धर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यमा थिइन् । त्यतिबेला उनको बाबुरामप्रति निकै भरोसा पनि थियो । त्यसैले पनि नयाँ शक्तिको घोषणा कार्यक्रममा आफैले संचालन गरेकी थिइन् ।
घोषणा कार्यक्रममा बोलेको टुटेफुटेको अंग्रेजीको कारण करिश्मा आलोचित मात्र भइन् । ‘ट्रोल’ समेत बनिन् । तर पनि करिस्माले बाबुरामको पार्टी छोडिन् । बाबुरामको नयाँ शक्तिपार्टी बिभिन्न मधेदवासी दलहरुसँग मिलेर अहिले जनता समाजवादी पार्टी भएको छ । करिश्माले सक्रिय राजनीतिमा नलाग्ने निर्णय गरिसकेकी छन् । राजनीतिमा सक्रिय नलाग्ने निर्णय गरेपनि राजनीतिक घटनाक्रम उनले उनले टिकाटिप्पणी गर्न छोडेकी छैनन् ।
यस्तैमा उनले डा.बाबुराम भट्टराई माथि प्रहार गरेकी छन् । बाबुरामले राखेको एक पोष्ट सेयर गर्दै उनले उनको बिचारको विरोध समेत गरेकी छन् । ‘तपाई जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको बिरोधमा मात्र सिमित भएको देख्दा दुःख लाग्छ डा.साब ’ उनले अगाडि लेखेकी छन् ‘यहि हो नेपालीले पाएको गणतन्त्र ?’ करिश्माले राजनीतिक संस्कारको कुरा गर्दै देश विकास कहिले हुने भनेर बाबुरामलाई प्रश्न समेत गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij