
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । धादिङको गजुरीबाट गाँजासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीले धादिङको गजुरी-४ का ४३ वर्षीय वृद्धिलाल तामाङ तामाङ र सोहि वड़ाका ३२ वर्षीय सिताराम तामाङ र मकवानपुरको कैलाश गाउँपालिका–१ का २४ वर्षीय शिशु योन्जन २६ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ४५२९ नम्बरको यात्रुवाहक बसबाट उनीहरूलाई २६ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको जिल्ला अदालत धादिङबाट १२ दिन म्याद लिइ थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij