Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे राजीनामाको घोषणा

दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे राजीनामाको घोषणा

  • काठमाडौं । भारतको  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामाको घोषणा गरेका छन् । आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने घोषणा गरेका हुन् ।

    images
    images
    images

    केजरीवालले जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने समेत बताएका छन् । उनले भने, ‘जनताले इमान्दारी र निष्ठाको प्रमाण दिएपछि मात्र म मुख्यमन्त्रीको कुर्सीमा बस्छु । जेलबाट रिहा भएपछि म अग्निपरीक्षा दिन चाहन्छु ।’

    केजरीवाल अदालतको आदेशमा शुक्रबार जमानतमा रिहा भएका थिए । केजरीवालले दिल्लीको विधानसभा चुनाव नोभेम्बरमै गर्नसमेत माग गरेका छन् । दिल्लीको विधानसभा चुनाव आगामी फेब्रुअरीका लागि तय गरिएको छ ।

    कथित मदिरा भ्रष्टाचार प्रकरणमा केजरीवाललाई भारतको केन्द्रीय जाँच ब्युरो सीबीआइले पक्राउ गरेको थियो । तर, उनले यसविरुद्ध न्यायालय गुहारेका थिए ।

    सर्वोच्च अदालतले तत्काल पूर्ण सुनुवाइ सकिने सम्भावना नरहेकाले ‘व्यक्तिगत स्वतन्त्रता’ लाई मध्यनजर गर्दै केजरीवाललाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij