Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत

केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत

  • काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार १३ सेप्टेम्बरमा जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    images
    images
    images

    सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत दिएको हो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको छ ।

     न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो र सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो । केजरीवालले सर्वोच्च अदालतमा दुईवटा याचिका दायर गरेका थिए । यसमा एउटा निवेदन जमानत नदिने बिरुद्ध थियो । यस मामिलामा सीबीआईको गिरफ्तारी विरुद्ध दोस्रो याचिका दायर गरिएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij