Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

निरन्तरको ओरालोपछि सेयर बजारमा हरियाली

निरन्तरको ओरालोपछि सेयर बजारमा हरियाली

  • काठमाडौं । सेयर बजारको निरन्तरको ओरालोपछि आज हरियाली छाएको छ । आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज ३१८ कम्पनीको १ लाख ३ हजार ४ सय ६२ पटकको कारोबारमा १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँ रहेको छ ।

    त्यस्तै, २२९ कम्पनीको मूल्य बढ्दा १२ वटाको घटेको छ भने ३ वटा स्थिर रहेको छ । म्युचुअल फण्डमा झिनो राताम्मे देखिए पनि अन्य १२ उपसमूहरुमा हरियाली छाएको छ । चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij