Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २६३२ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज ३२८ कम्पनीका ९३ हजार ४ सय ५९ पटकको कारोबारमा १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ रहेको छ ।

    ६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन् । १३ उपसमूहमध्ये ११ वटा घट्दा व्यापार इन्डेक्स दोहोरो अंकले बढेको छ भने होटेल र पर्यटन उपसमूह स्थिर रहेको छ ।

    मंगलबार मानुषी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हाइड्रोइलेक्ट्रीसीटी इन्भेस्टमेन्टमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij