
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोग लगाउने तयारी गरेका छन् ।
कांग्रेसका एक सांसदका अनुसार आजैको संसद् बैठकमा महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ ।
यसअघि सोमबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिराविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका थिए ।
उपसभामुख इन्दिराले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । उक्त पत्रमा आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij