
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालले पनि मिर्गौला रोगीका लागि डायलायसिस सेवा सुरु गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजीव कुमार झाले डायलासिस सेवा तम्तयार अवस्थामा रहेको भन्दै सेवा लिन सर्वसाधारणका लागि सूचना जारी गरेका हुन् ।
उनले महोत्तरीका १५ वटै पालिकालाई समेत डायलासिस सेवा सञ्चालन भएकोबारे जानकारी गराएका हुन् ।
सूचनामा भनिएको छ, ‘त्यहाँ पालिकामा डायलासिस गराइरहेका मिर्गौला रोगीहरूलाई यस अस्पतालमा सेवा लिने गरी पठाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij