
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij