Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अमेरिकामा बेपत्ता नेपाली नर्सको यस्तो आयो खुलासा !

अमेरिकामा बेपत्ता नेपाली नर्सको यस्तो आयो खुलासा !

  • काठमाडौं । अमेरिकाको मानसास पार्कबाट बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेलाई श्रीमानले नै हत्या गरेर शव लुकाएको प्रहरीले अभियोग लगाएको छ ।

    बिहीबार स्थानीय प्रहरीले घरमा खानतलासी गरेर ममताका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको थियो । भट्टले नै श्रीमतीको हत्या गरेर शव लुकाएको प्रहरीले औपचारिक अभियोग लगाएको स्थानीय संचारमाध्यले बताएका छन् ।

    २८ वर्षीया ममता काफ्ले भट्ट अन्तिम पटक जुलाई ३१ मा देखिएकी थिइन् । प्रहरी प्रमुख मारियो लुगोले सुरुमा नरेशलाई उनको बेपत्तामा हाता रहेको र अनुसन्धानमा प्रहरीलाई सहयोग नगरेको बताएका थिए ।

    यो दम्पतीकी १ वर्षीया छोरीलाई घरबाट छुट्टै लगेर समाज सेवा विभागको संरक्षणमा राखिएको छ ।

    ममता हराएको रिपोर्ट श्रीमान भट्टले एकसातापछि अगष्ट ६ तारिखमा मात्रै गरेका थिए । नरेशलाई आज शुक्रबार अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij