Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

जाजरकोटमा पहिरोमा परेर एकै परिवारको तीन जनाको ज्यान गयो

जाजरकोटमा पहिरोमा परेर एकै परिवारको तीन जनाको ज्यान गयो

  • काठमाडौं । जाजरकोटकाे नलगाड नगरपालिका-२ माझगाउँमा पहिरोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

    images
    images
    images

    गएराति पहिरोले घर पुरिँदा ४२ वर्षीय लालबहादुर परियार, उहाँकी श्रीमती ३४ वर्षीया मनिषा परियार र छोरा २ वर्षीय शिभम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भूकम्पबाट घर भत्किएपछि बनाएको अस्थायी टहरामा सानो ढिस्को भत्किएर पुरिएको हो । घटनाबारे बिहान जानकारी पाएपछि गएको प्रहरीले शव निकालेको डिएसपी पाण्डेले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij