
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाण्डौं । नेपाल प्रहरीले एक किलो चार सय ग्राम लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
ब्युरोको टोलीले काठमाण्डौ महानगरपालिका–१० नयाँ बानेश्वमा रहेको एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ । जुमाले त्यो कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij