Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

जङ्गली च्याउ खाँदा एकै घरपरिवारका ८ जना बिरामी

जङ्गली च्याउ खाँदा एकै घरपरिवारका ८ जना बिरामी

  • काठमाडौं । गुल्मिको रेसुङ्गा नगरपालिका वडा नम्बर - ८ खानीगाँउमा जङ्गली च्याउ खाँदा  एकै घरपरिवारका ८ जना बिरामी परेका छन् । रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images
    images
    images

    बिरामी पर्नेहरूमा ६५ वर्षका टोमबहादुर थापा, उनकी श्रीमती ६२ वर्षकी दिलकुमारी, छोराहरू ३८ वर्षका लक्ष्मण र २९ वर्षका विकास, छोरी ४२ वर्षकी सिर्जना काउछा, नातिनीहरू १० वर्षकी दिपदिका र १२ वर्षकी बिनिसा थापा तथा पाहुना बस्न आएकी ३९ वर्षकी गीता थापा रहेका छन् ।

    बिरामीलाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij