
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । गुल्मी मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ९ बजे आएको लेदो पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।
मृत्यु हुनेमा ४८ वर्षिय गोरे विक, ६७ वर्षिय हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षिया मसुरी विक छन् । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।
मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij