
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको पढाइ हुने भएको छ ।
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझेदारीमा पहिलोपटक एभिएसन विषयमा शिक्षण हुने भएको हो । स्नातक तहको यस विषयमा यो वर्ष ३३ जना विद्यार्थी भर्ना गराइने तयारी छ ।
भेञ्चरका अध्यक्ष रामेश्वर थापाका अनुसार चार वर्षे उक्त तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने ज्ञान र सीप प्रदान गरिने छ ।
जटिल परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने तथा दबाबमा काम गर्ने तरिका र विभिन्न सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा शिक्षण गराइनेछ ।
केयुका उपकुलपति डा भोला थापाले समयको मागअनुसार आफ्नो विस्तारित कार्यक्रमअन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्न एभिएसन म्यानेजमेन्ट विषयमा स्नातक तहको शिक्षण सुरु गर्न लागिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij