Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं महानगरले दिने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक !

काठमाडौं महानगरले दिने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक !

  • काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइएको छ । यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको छ ।

    AGNI GROUP

    विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

    प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

    नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ । छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दावी विरोध गर्न पाइँदैन ।’ शर्मा भन्नुहुन्छ, ‘साउन १५ गतेभित्र भर्ना नभइ रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ ।’

    विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसमा ८ हजार ४९७ जनाले आवेदन दिए । परीक्षामा ७ हजार ६६५ जना सहभागी भए । ६ हजार ७२० जना उत्तीर्ण भए । उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ ।

    व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भएका छन् ।

    यस विषयका लागि पहिलो म्याचिङ् लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ ।

    कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ ।

    मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भएका छन् ।

    यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ ।

    शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए । १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ

    नोमिनेसन सूचीमा नाम भएका विद्यार्थीहरुले अनलाइनबाट मनोनयन पत्र डाउनलोड गर्न सक्नेछन् । भर्ना हुन जाँदा यही पत्र लिएर जानुपर्छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

    विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरुको नम्बर उपलब्ध गराएको छ । यसप्रकारको समस्या भएमा ०१ ४१६८७२० कार्यालय समयमा, शिक्षा अधिकृतहरु नेत्रनारायण पौडेल ९८५११९९९४५, इन्द्रप्रसाद दाहाल ९८५१०६६६१७, ओमप्रसाद गौत्तम ९८५१२०२५१८ र केशव ज्ञवाली ९८४८७७७१८८ मा सम्पर्क गर्न सकिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट