Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

  • काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ ।

    images
    images
    images

    श्रीलंकामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि आज स्वदेश फर्किएको हो । यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो । त्यतिबेला नेपालले जित हासिल गर्न सकेको थिएन ।

    यसपटक भने नेपालले खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा पराजय भोगेको छ । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराएको थियो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जित हो ।

    त्यस्तै नेपाल पाकिस्तानसँगको दोस्रो खेलमा नौ विकेटले पराजित भयो । तेस्रो खेलमा भारतसँग ८२ रनको हार ब्यहोरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij