Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

काठमाडौंमा चोरी आरोपमा ३ जना पक्राउ

काठमाडौंमा चोरी आरोपमा ३ जना पक्राउ

  • काठमाडौं । प्रहरी वृत्त स्वयम्भूले चोरी आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा घर भएका १९ वर्षीय अभय नेपाली, ओखलढुंगा घर भएका २४ वर्षीय निरज खड्का र काभ्रेको मंगलटार घर भएका २० वर्षीय सुरेन्द्र तामाङ छन् ।

    images
    images
    images

    उनीहरुले सोमबार काठमाडौंको चमतीस्थित मिलन लम्सालको कोठाको ताला फोडेर सुनका गरगहना चोरी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

    उनीहरुबाट प्रहरीले फलामको रड, सुनको बाला, सुनको झुम्का, औठी, मंगलसुत्र, एचपीको ल्यापटप, मोबाइल, घडी र नगद २२ हजार ७ सय रुपैयाँ बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij