Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

  • काठमाडौं । तनहुँको भीमाद बेलचौतारा नजिक ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    images
    images
    images

    भीमाद नगरपालिका– ६ शान्तनगर माझटारका ३५ वर्षीय पिताम्बर नेपाली पक्राउ परेका हुन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    नेपालीले ती महिलालाई आफ्नै घरमा लगेर डर–धम्की देखाई शनिबार साँझ करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

    सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij