Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजस्व सङ्कलन

  • काठमाडौं । मेची भन्सार कार्यालयबाट गत आवमा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार अनुसार गत आव २०८०/८१ मा कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

    images
    images
    images

    पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापार घाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार रुपैयाँ पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार रुपैयाँ बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको हो ।

    मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उनका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार रुपैयाँ आयात र २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ निर्यात रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij