Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कामपाले थाल्यो  सेवाग्राही सर्वेक्षण कार्यक्रम

कामपाले थाल्यो  सेवाग्राही सर्वेक्षण कार्यक्रम

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वर्णिम योजना अन्तर्गत ‘साथी महानगर’ सेवाग्राही सर्वेक्षण कार्यक्रम थालनी गरेको छ।

    onlinepatrika
    Arghakhachi

    कामपाले केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाबाट काम सुरु गरेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए।

    AGNI GROUP

    उनकाअनुसार गत वर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजना अन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो। सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका थिए ।  

    सर्वेक्षणका विषयमा प्रमुख प्रशासकीय अधिकृत परियार भन्छन्, ‘हामी कामपामा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि ‘वेञ्च मार्किङ’ गर्दैछौँ। एकल सेवा केन्द्र सञ्चालनमा आइसकेपछिको सेवा प्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्नेछ। आगामी वर्ष यही समयमा यस्तै सर्वेक्षण गरेपछि नतिजा थाहा हुन्छ।’

    तुलनात्मक विवरणबाट मापनयोग्य अवस्था प्राप्त हुने बताउँदै उनले काम भएको देखिने तर सेवाग्राही सन्तुष्ट नहुने अवस्था नरहोस् भन्नका लागि सर्वेक्षण गरिएको धारणा राखे।

    सेवाग्राहीलाई फाराम भराउन सुरु गर्नुअघि सर्वेक्षणको तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, फारम भर्ने भराउने कार्यमा परिचालन हुने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण गरेका थिए।

    सर्वेक्षणका विविध पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नुपर्ने आचरण, व्यक्तिगत गोपनीयता जस्ता विषय अभिमुखीकरणमा समेटिएका थिए।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट