Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

किन आउनु तिम्रो शहर सधैं हार्नु पर्छ

किन आउनु तिम्रो शहर सधैं हार्नु पर्छ

  • गजल

    onlinepatrika
    Arghakhachi

    किन आउनु तिम्रो शहर सधैं हार्नु पर्छ 
    स्वार्थ अनि चाकडीको ताली मार्नुपर्छ 

    AGNI GROUP

    फुर्सद पनि कहाँ छर, तिम्रो शहर झर्ने
    आफ्नो यता मकै पाक्यो झुत्ता पार्नुपर्छ 

    सडक पोली सेल्फि हान्न रहर पनि छैन 
    बर्खा लाग्यो हलो जुवा बेंशी झार्नु पर्छ 

    आत्मा मेरो रमाउदैन डिस्को पस्दा पनि 
    गैह्री खेतमा पानी पुग्यो गोरु नार्नु पर्छ

    कस्तो हुन्छ कक्टेल पाटी मैले देख्या छैन
    कहिल कहि मकै भुटी छाक टार्नु पर्छ । 

    डम्मर पौडेल, इलाम

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij